एनसीसीसँग मर्जरपछि कुमारी बैंकको एकीकृत कारोबार सुरु
काठमाडाैं | पुस १८, २०७९
काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडलाई प्राप्ति (मर्जर) गरेपछि कुमारी बैंक लिमिटेडले आइतबारदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । यी दुवै बैंक १ः१ सेयर अनुपातमा मर्जरपछि कुमारी बैंक लिमिटेडको नाममा सञ्चालन हुने सहमति भएको थियो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा र ९साविक० नेपाल क्रेडिट एण्ड कमर्स बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने संयुक्त रुपमा एकीकृत कारोबारको उद्घाटन गरेका छन् ।
मर्जरसँगै चुक्ता पूँजी २६ अर्ब २३ करोड रूपैयाँ, कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउन यो मर्जर उपलब्धि मुलक हुने बताए ।
यो मर्जर निकै सुखद् र सकारात्मक कदम रहेको भन्दै उनले सेवाग्राहीका लागि आगामी दिनमा आकर्षक सुविधाहरू ल्याउने बताए ।
मर्जरपछि कुमारी बैंकले ४१५ वटा स्थानहरूबाट सेवा प्रवाह गर्नेछ । जसमा ३०६ वटा शाखा कार्यालय, ४७ एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा एटीएम संख्या ३४५ रहने छन् ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

